सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक डोज लगाए पुग्ने रुसले बनाएको ५० लाख डोज खोप नेपाल ल्याउने तयारी

२०७८ वैशाख २५, ०४:५५ खबर संवाददाता

काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभाबकारी रहेको दावी गरेका छन्। उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका हुन्।

रूसी स्वास्थ्य अधिकारीहरूले बिहीवार रुसमा निर्मित स्पुत्निक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो। विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने नै भएपनि स्पुत्निकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।

स्पुत्निक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एण्ड जनसन ले तयार पारेका खोप बराबर नै प्रभाबकारी रहेको रूसको दावी छ। 

यो रसियन खोप ‘स्पुतनिक भी’ नेपाल ल्याउनलाई औषधि व्यवस्था बिभाग डीडीएले अनुमति दिएको छ। लोमस फर्मालाई ५० लाख डोज रसियन खोप आयातको लागि अनुमति दिईएको बिभागले जनाएको छ। 

कमेन्ट लोड गर्नुस