सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार सुदूरपश्चिममा १७९६ नमूना परीक्षण गर्दा ७५७ जनामा कोरोना पुस्टि

२०७८ वैशाख २४, ०९:३२ खबर संवाददाता

धनगढीः शुक्रबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा ११५७ नमूना पीसीआर तथा ६३९ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १७९६ नमूना परीक्षण गर्दा ७५७ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा ५८७ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १७० जना संक्रमित फेला परेका छन्। 

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, बझाङ अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११५७ जनाको नमूना परिक्षण गर्दा थप ५८७ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७२ जना, महाकाली अस्पतालमा १७५ नमूना परीक्षण गर्दा ११७ जना, डडेल्धुरा अस्पतालमा १०० नमूना परीक्षण गर्दा ६६ जना, डोटी अस्पतालमा ५४ नमूना परीक्षण गर्दा १८ जना, बैतडी अस्पतालमा ८९ नमूना परीक्षण गर्दा ३४ जना, बझाङ अस्पतालमा ७९ नमूना परीक्षण गर्दा १९ जना  र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ७९ हजार ४२० नमूना परीक्षण गर्दा २२ हजार ३३० जनामा संक्रमण फेला परेको छ। 

प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ५७३ जनाले कोरोना जितेका छन् भने, १७५ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ६२ जना संक्रमित निको भएका छन्।

मृत्यु हुनेमा कञ्चनपुरका ३ जना, कैलालीका ८ जना, डोटीका १ जना, र बैतडीका १ जना रहेका छन्।
 

कमेन्ट लोड गर्नुस