सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ११ सयले बढ्यो सुनको मूल्य

२०७८ वैशाख २४, ०४:५४ खबर संवाददाता

काठमाडौं: शुक्रबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ।

आज छापावाला  सुनको मूल्य बढेर ९१ हजार सात सय रुपैयाँ पुगेको हो। बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार थियो। तेजाबी सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो। यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य १ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ।

कमेन्ट लोड गर्नुस