सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नयामा अक्सिजन सहितको ३२ बेडको आइसोलेसन

२०७८ वैशाख २३, ०२:१५ खबर संवाददाता

डीआर भट्ट, बैतडी: बैतडीको सुर्नया गाउँपालिकामा अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको छ। नयाँ थपिने कोरोना संक्रमतिहरुका लागि गाउँपालिकाले ३२ बेडको आइसोलेसन निर्माण गरेको स्वास्थ्य संयोजक रामसिँह महराले बताए। 

गाउँपालिकाको वडा नम्बर ३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीमा अहिले तत्काल अक्सिजन सहितको २७ बेडको आइसोलेसन निर्माण गरिएको उनले बताए। उनले अवस्था र परिस्थीती हेरेर बेड थपिँदै जाने बताए। 

सुर्नया गाउँपालिकाले बाशुलिङ्ग स्वास्थ्य चौकीमै  सञ्चालनमा रहेको अस्थायी कोरोना अस्पतालमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।

कोरोनाका बिरामीहरुको उपचारका लागि सहज होस् भनेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। आइसोलेसनमा अहिले एकजना संक्रमित रहेको  बाशुलिङ्ग स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले बताए। 

स्वास्थ्य कार्यालयले बुधबार दिएको जानकारी अनुसार सुर्नया गाउँपालिकाका अहिले १० जना कोरोनाका सक्रिया संक्रमित छन्। जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अक्सिजन सहितको आइसोलेसन निर्मााण गरिसकेको छ। 

सुर्नया र दोगडाकेदार गाउँपालिकामा निर्माण गरिएको  अक्सिजन सहितको अइसोलेसनले  कोरोनाका बिरामीलाई सहज हुने बताइएको छ। 

कमेन्ट लोड गर्नुस