सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक कोरोना संक्रमित महिलाको मृत्यु

२०७८ वैशाख २२, ०५:३८ खबर संवाददाता

बाजुरा: बाजुरामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

जिल्लाको गौमुल गाउँपालिका–३ घर भइ हाल बडिमालिका नगरपालिका ९ मा अस्थाइ बसोवास गर्दै आएकी ५५ वर्षीया महिलाको अस्पतालमा मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोभिड सम्पर्क व्यक्ति चुडामणी पन्तले बताए।

 उनलाई मंगलबार राति स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति पन्तले बताए ।

कमेन्ट लोड गर्नुस