सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन ५८ जना कोरोना संक्रमितको मृत्यु, ८६५९ जनामा संक्रमण

२०७८ वैशाख २२, ०४:५६ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर थप ८६५९ जनामा संक्रमण पुस्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुस्टि भएको छ।

त्यस्तै १९९३ जना डिस्चार्ज भएका छन् ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस