सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

२०७८ वैशाख २२, ०५:५३ रासस

डोटी: डोटीको  बडिकेदार गाउँपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ।

गाउँपालिकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो। गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दका अनुसार चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भयो। सोही कारण सेवा लिन आउनेलाई सङ्क्रमण नहोस् भन्ने उद्देश्यले  स्वास्थ्य बाहेकका सबै सेवा बन्द गरिएको हो।

जिल्लामा हालसम्म १७३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकमा देखिएको कोरोना पछिल्लो समय कर्मचारीमा देखिएको हो।

सङ्क्रमण समुदायमा सर्न थालेको उल्लेख गर्दै सुरक्षित रहन जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले आग्रह गरे।  कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ।
 

कमेन्ट लोड गर्नुस