सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डियन प्रिमियर लिग स्थगित

२०७८ वैशाख २१, ०३:३३ खबर संवाददाता

काठमाडौं: कोरोना भाइरसले दिनहुँ आक्रान्त मच्चाइरहेको बेला भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग को १४औं संस्करण अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

ईण्डियन प्रिमियर लिग (आइपीएल) का चार टोलीका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो सिजन स्थगित गरिएको हाे।

कोलकता नाईड राइडर्सका सन्दीप वारियर्स, वरुण चक्रवती, चेन्नई सुपर किंग्सका कोच, सीईयो समेतलाई कोरोना सक्रमण पुष्टि भएको छ।

यस्तै दिल्ली क्यापिटल्सका अमित मिश्रा र सनराईजर्स हैदरावादका विकेटकिपर रिद्धिमान शाहलाई पनि कोरोना सक्रमण देखिएको छ।

 

कमेन्ट लोड गर्नुस