सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

२०७८ वैशाख २०, ०६:०७ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस