सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणमुक्त भए आमिर, पुगे लद्दाख

२०७८ वैशाख २०, ०५:५४ खबर संवाददाता

काठमाडौं: बलिउड नायक आमिर खानमा केही समय अगाडि मात्रै कोरोना भाइरसको संक्रमण पुस्टि भएको थियो।

संक्रमणमुक्त भएपछि उनी लद्दाखमा सुरु भइरहेको आफू अभिनित चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकनका लागि त्यहाँ पुगेका हुन्। लामो समयदेखि सुरु भएको सो चलचित्रको छायांकन कोरोनाले गर्दा अझैँ समपन्न हुन नसकेको हो।

चलचित्रमा आमिरसँग नाग चैतन्यले काम गर्दैछन् भने नायिका करिना कपुरको पनि मुख्य भूमिका रहेको बताइएको छ। लद्दाखमा आमिरले चलचित्रको छायांकन ४५ दिनसम्म गर्नेछन्। यो चलचित्र हलिउड चलचित्र ‘फारेस्ट गम्प’को रिमेक हो।

कमेन्ट लोड गर्नुस