सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जोखिममा रहेका बालबालिकालाई ट्रयाकसुट र स्टेसनरी वितरण

। फोटो स्रोत ।
२०७८ वैशाख २०, ०४:३९ रासस

बझाङ: जिल्लाका दुई गाउँपालिकाका बालबालिकालाई ट्रयाकसुट र स्टेसनरी वितरण गरिएको छ।

प्रगतिशील युवा समाज र वल्र्डभिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्यु गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा अध्यनरत बालबालिकालाई ट्रयाकसुट र स्टेसनरी वितरण गरिएको हो। 

बाल प्रायोजन कार्यक्रमअन्र्तगत आर्थिक अवस्था कमजोर भएका र जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच होस् भन्ने उदेश्यले तीन हजार ४०० बालबालिकालाई ती सामग्री वितरण गरिएको समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए। 

केदारस्युँ गाउँपालिकामा रहेका २२ वटा विद्यालय र जयपृथ्वी नगरपालिकाभित्रका २७ वटा विद्यालयका स्रोत शिक्षकहरुलाई प्रारम्भिक स्वास्थ्यको बारेमा तालीम समेत दिएर विद्यालयहरुलाई बालबालिकाको तौल नाप्ने मेसिन, उचाइ नाप्ने फित्ता, आँखाको दृष्टि जाँच गर्ने चार्ट, कानको सुन्ने शक्तिलगायतका सामग्रीहरुसमेत उपलब्ध गराएको छ।  

कमेन्ट लोड गर्नुस