डोटीको बडीकेदारका ४ कर्मचारीमा कोरोना संक्रमण
२०७८ वैशाख २०, १२:५९
धनगढी: डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत ४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
कर्मचारीमा संक्रमण पुस्टि भएसंगै गाउँपालिकाले एक हप्तासम्मका लागि स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ।
सोमबारदेखि यही वैशाख २७ गतेसम्म स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सेवा पूर्ण रुपमा बन्द रहने गाउँपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस