डडेल्धुरामा एक थान भरुवा बन्दुक बरामद
२०७८ वैशाख २०, १२:३१
डडेल्धुरा: प्रहरीले डडेल्धुरामा एक थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्लाको परशुराम नगरपालिका–६ तातापानीस्थित सिद्धनाथ सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
उक्त वनमा सीमा प्रहरी चौकी तातापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो।
कमेन्ट लोड गर्नुस