जिल्ला कारागार बाजुराका एक कैदीबन्दीमा कोरोना
२०७८ वैशाख २०, ११:२५
धनगढी: जिल्ला कारागार बाजुराका एक जना कैदीबन्दीमा कोरोना भाइसको संक्रमण पुस्टि भएको छ।
आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण पुस्टि भएको बताइएको छ। कारागारका अन्य कैदिबन्दीहरुमा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार एक जनामा संक्रमण देखिएकाले अरु ७ जना कैदिबन्दीको पनि कोरोना परीक्षण गर्न लागिएको छ। २५ जनाको क्षमता भएको सो कारागारमा हाल ५९ जना कैदिबन्दी रहेका छन्।
कमेन्ट लोड गर्नुस