सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल :दिल्ली शीर्ष स्थानमा

। फोटो स्रोत ।
२०७८ वैशाख २०, ०६:१२ खबर संवाददाता

काठमाण्डौ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा पुगेको छ।

गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो।

अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो।

दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो।

दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए। हारसँगै पञ्जाब ६ अंकसहित छैठौं स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस