सुदूर नेपाललाई विश्वसँग जोड्दै

अक्सिजन भर्न १०० खालि सिलिण्डर सहयोग गर्न सेती अस्पतालको अपील

२०७८ वैशाख १९, १२:१२ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालले अक्सिजन भर्न खालि सिलिण्डर अभाव भएको भन्दै सिलिण्डर सहयोग गर्न आग्रह गरेको छ।

आइतबार अस्पतालले सूचना जारी गर्दै अक्सिजन फिलिङ गर्नका लागि कम्तीमा १०० वटा खालि सिलिण्डर तत्काल आवश्यकता परेको हँदा सहयोगको लागि अपील गरेको हो। सूचना पश्चात यो समाचार तयार पार्दासम्म ३५ वटा सिडिण्डरको व्यवस्था भइसकेको अस्पताल सूचना अभिकारी दिलीपकुमार श्रेष्ठले बताए।

सेती प्रादेशिक अस्पतालमा अक्सिजन जेनेरेट गरिन्छ। अहिले दैनिक ४७ लिटरका १२ सिलिण्डर उत्पादन भइरहेका सूचना अधिकारी श्रेष्ठले बताए। 

यस्तै धनगढीमा निजीस्तरमा मालिका अक्सिजन उद्योग सञ्चालनमा रहेको छ। त्यो उद्योगले दैनिक १ सय ५० देखि २ सय सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्ने गरेकोे उद्योगका व्यवस्थापक नरेश शाही बताए।

हाल सेती अस्पतालमा ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, १७ जना आइसियूमा, ३४ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।


 

कमेन्ट लोड गर्नुस