सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन बजार बन्द हुने

२०७८ वैशाख १९, ११:१८ खबर संवाददाता

बैतडी: कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकाले  बैशाख मसान्तसम्म बजार बन्द गर्ने निर्णय गरेको छ।

सर्वपक्षीय बैठकले सोमबारदेखि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। 

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकोले त्यसको रोकथामका लागि बजार बन्द गर्ने निर्णय भएको नगरप्रमुख केशवबहादुर चन्दले बताए।

अत्यावश्यक सामग्रीका लागि प्रहरी प्रशासनको समन्वयमा केही समय बजार खोल्न सकिने बताइएको छ।

कमेन्ट लोड गर्नुस