सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजलाई आइशोलेसन बनाउन सीसीएमसीको निर्देशन

२०७८ वैशाख १८, ०४:४९ खबर संवाददाता

धनगढीः कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आइशोलेसन बनाउन निर्देशन दिइएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कलेजका निर्माणधिन भवनलाई आइशोलेसन बनाउन निर्देशन दिएको हो। 

कैलालीका प्रमुख जिल्ला अधिकारीले खगेन्द्र रिजालले आइशोलेसन व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई जिम्मेवारी दिइएको बताए। 

सोही निर्देशन अनुसार डीसीसीएमसीको मातहतमा रहनेगरी भोलिदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालेको उनले बताए। 


 

कमेन्ट लोड गर्नुस