सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० जातको मकै बीउ उत्पादन शुरु

फाईल तस्बिर
फाईल तस्बिर । फोटो स्रोत ।
२०७८ वैशाख १८, ०६:१७ रासस

बाँके : थोरै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैका बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ। रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जनाएको छ। 

सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए।  धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले यस वर्षदेखि मकैको हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो।

बीउ उत्पादनका लागि सिमिट-एनसाफको प्राविधिक सहयोग रहेको जनाइएको छ।  जिल्लाको कोहलपुर र डुडुवा गाउँपालिका मकैको बीउ उत्पादन गर्न शुरु गरिएको हो। संस्थाका प्राविधिक तेज खड्काले चितवनस्थित  राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको समन्वय र सहकार्यमा नयाँ जातको बीउ उत्पादन गरिएको बताए। उनले भने, “शुरुआती चरणको बीउ उत्पादनको नतिजा राम्रो निस्किएको छ। यही अनुभवका आधारमा बीउ उत्पादन विस्तार गर्छाै।” 

डुडुवा २ बेतहनी सन्तलियापुरका कृषक राजेन्द्रप्रसाद वर्माले  हाइब्रिड रामपुर–१० मकैको उत्पादन राम्रो रहेको बताए। उनले लगाएको  मकैको अवलोकन गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमर पुनले यो किसिमको अनुसन्धान नयाँ रहेको र  लगानी र उत्पादन कस्तो देखिने हो भन्ने हेर्न बाँकी रहेको बताए।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले रामपुर जातको मकैको उत्पादन राम्रो हुने जानकारी दिए। उनले  प्रदेश सरकारले उत्पादनमा आधारित कार्यक्रममा प्रति केजी २५  अनुदान समेत दिएको बताए। 

बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलीप सिंहले भारतीय हाइब्रिड मकै भन्दा  वढी नै उत्पादन दिने जानकारी दिए। प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना मकै जोनका कफिल अहमदले किसानको माग हाइब्रिड रामपुर–१० मा अत्याधिक रहेको बताए। हाल मकै जोन अन्तर्गत १० हेक्टरमा सो जातका  मकै प्रर्दशनका लागि लगाइएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस