सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेस डडेल्धुराको ‘मानवता बचाऔं’ अभियान

२०७८ वैशाख १७, ०२:०३ खबर संवाददाता

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले शुक्रबारदेखि मानवता बचाऔं अभियान सुरु गरेको छ। 

कोरोनका भाइरसको दास्रो लहर फैलिएसँगै कांग्रेसले गठन गरेको सेवादलले आफ्नो सक्रियता बढाएको हो। 

जसअन्तरगत जिल्लास्थित सुरक्षा निकाय र सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरिएको छ। 

सेवादल डडेल्धुराका संयोजक टंकबहादुर क्षेत्री एवम् कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टको नेतृत्वमा डडेल्धुराका सबै पत्रकारहरुलाई तथा नेपाल प्रहरी अन्तरगत बसपार्क, स्याउले, भात्काँडा, तुफानडाडा, पोखरा पोष्ट र  शसस्त्र प्रहरी कार्यालयलाई माक्स र सेनिटाइजर वितरण गरिएको हो। 

कमेन्ट लोड गर्नुस