सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

२०७८ वैशाख १७, ०७:५८ रासस

टिकापुर : करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ।

गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ।

र्यालयले चालु आवको यस अवधिमा ३९ करोड २० लाख राजश्व सङ्कलन गरेको हो।

आन्तरिक कारोबारमा बढोत्तरी, करदाताको सङ्ख्यामा वृद्धि र कोरोना सङ्क्रमणका कारण गत वर्ष सङ्कलन नभएको कर यस वर्ष सङ्कलन भएका कारण प्रगति देखिएको हो।

आव २०७६/७७ को सो अवधिमा २५ करोड, ३६ लाख, ६७ हजार राजश्व सङ्कलन भएको थियो।

“गत वर्षको तुलनामा यस वर्ष राजश्व सङ्कलनमा प्रगति देखिएको छ”, करदाता सेवा कार्यालय लम्कीका प्रमुख सेतबहादुर शाही भन्छन्, “कोरानाका कारण आन्तरिक कारोबारमा बढोत्तरी भएको छ।

सका साथै करदाताको सङ्ख्यामा वृद्धि र गएको आर्थिक वर्षमा कोरोनाका कारण सङ्कलन नभएको कर यस आर्थिक वर्षमा सङ्कलन भएको छ। यसले राजश्व वृद्धिमा सघाएको छ।”

कार्यालय प्रमुख शाहीका अनुसार सबैभन्दा बढी आयकर शीर्षकबाट २० करोड ८७ लाख १ हजार राजश्व सङ्कलन भएको छ।

मूल्य अभिवृद्धि कर शीर्षकमा १२ करोड ९९ लाख १३ हजार राजश्व सङ्कलन हुँदा अन्तः शुल्क शीर्षकमा तीन करोड ६८ लाख २० हजार जम्मा भएको छ।

उनले भने, “करले देश विकासमा सघाउने भएका कारण सबैलाई करको दायरामा आई कर तिर्न अनुरोध गरिरहेका छौँ। यस वर्ष लामो समयसम्म कर नतिरेका नागरिकलाई केही छुट दिएर कर तिर्नसमेत अनुरोध गरेका कारण राजश्व बढेको छ।”

सरकारले निश्चित वर्षको कर छुट गरेपछि लामो समयदेखि विविध कारणले कर नतिरेका नागरिक करको दायरामा आएका छन्।
 

कमेन्ट लोड गर्नुस