आईपीएल :दिल्लीद्धारा कोलकाता ७ विकेटले पराजित
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।
अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो। दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले। यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे। कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो। कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए।
त्यस्तै सुबमन गिलले ४३ रन जोडे। दिल्लीका अक्षर पटेल र ललित यादवले २÷२ विकेट लिए। जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ।
दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ। पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ।