सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमण पुष्टि भएको केहि घण्टामै अछाममा एक बालिकाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख १६, ०९:४६ खबर संवाददाता

अछाम: अछाममा १ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

बिहीवार बिहान बयालपाटा अस्पतालमा उपचारका पुर्याइएकी कमलबजार नगरपालिकाकी ती बालिकाको ज्यान गएको हो।

अस्पताल स्रोतका अनुसार बिहिवार बिहान ११ बजे अस्पताल पुर्याईएकि बालिकाको कोरोना संक्रमण पुष्टि भएको केहि घण्टा नबित्दै ज्यान गएको हो।

श्वास प्रस्वासमा समस्या र ज्वरोको समस्या देखिएपछि उनलाई बयालपाटा अस्पतालमा भर्ना गरिएको थियो।

केहि दिन पहिले बालिका र उनका आफन्त भारतबाट फर्किएको बताइएको छ।

कमेन्ट लोड गर्नुस