सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अलपत्र परेका नागरिकलाई निःशुल्क खाना खुवाउन कांग्रेसको सेवा दल तयार

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १६, ०६:०१ खबर संवाददाता

धनगढीः गत वर्ष कोरोना महामारीमा नेपाली कांग्रेस डडेल्धुराले सञ्चालन गरेको ‘एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो’ मार्फत यस वर्ष पनि सहयोग गर्ने तयारी गरेको छ। 

लकडाउनको समयमा अलपत्र परेका नागरिकलाई निःशुल्क खाना खुवाउन कांग्रेस डडेल्धुराले सञ्चालन गरेको उक्त अभियान आवश्यक परे यो पटकपनि थालिने  बताइएको छ।

 बिहीबार नेपाली कांग्रेस डडेल्धुराले विज्ञप्ति जारी गर्दै उक्त अभियान सञ्चालन गरेको सेवा दल यसपटक पनि सक्रिय रहने जनाएको छ। 

गत वर्ष सेवा दलले जिल्लाका सम्पूर्ण स्थानीय तहमा राहत, मास्क, स्यानिटाइजर, पञ्जा, थर्मगन तथा पीपीइ वितरण गरी ‘एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो’ मार्फत करिब १० हजार नागरिकलाई निःशुल्क खाना खुवाएको कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्टले बताएको छ।

सोही अनुसार यस वर्षपनि सेवा दल तयारी अवस्थामा रहेको र समस्यामा परेका नागरिकहरुले सम्पर्क गर्न उनले अनुरोध गरेका छन्। 

सम्बन्धित समाचार 
लकडाउनमा कांग्रेस डडेल्धुराले खुवायो साढे ९ हजार नागरिकलाई निःशुल्क खाना

 

कमेन्ट लोड गर्नुस