सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघ डडेल्धुराको भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधीः प्रदेश समिति

२०७८ वैशाख १६, ०१:०९ खबर संवाददाता

धनगढी: नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको घटनाप्रति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आपत्ति जनाएको छ।

बिहीबार जानकारी तथा सूचना विना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल समेत प्रयोग गरेर भवनमा क्षति पुर्याएको घटनाप्रति महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएको हो। 

महासंघका अध्यक्ष योगेश रावलदरा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रेस स्वतन्त्रताको रक्षा गर्दै नागरिकको सूसुचित हुन पाउने अधिकार सुरक्षाका लागि अहोरात्र खटिने पत्रकारहरुको साझा संस्था महासंघको भवन भत्काउँने जस्तो निन्दनिय कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको महासंघले ठहर गरेको छ।’

साथै महासंघले दोषीमाथि छानविन गरेर कडाभन्दा कडा कारवाही गर्न माग समेत गरेको छ। 


 

कमेन्ट लोड गर्नुस