सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिभिसी र युपिभिसी पाईपको वजार वढ्दै (भिडियो सहित)

२०७५ असोज २५, १०:०३

आजदेखि धनगढीमा सुरु भएको निर्माण तथा हार्डवेयर प्रदर्शनीमा सिमेन्ट सरिया सेनेटरी पेन्ट मार्वल टायल पाईप जस्तापाता लगायत घर तथा भवन निर्माणमा आवश्यकपर्ने विभिन्न सामाग्रीहरुका स्टल रहेका छन् । स्टलमा गएर आवश्यक सामाग्रीको वारेमा जानकारी लिनुका साथै खरिद पनि सस्तो मुल्यमा गर्न सकिन्छ । 

खिया नआउने, बलियो, ढुवानी गर्न सजिलो तथा फिटिङमा सजिलो हुँदा पिभिसी र युपिभिसी पाईपको वजार वढ्दै गएको हो । सहरी करणसँगै भवन निर्माण बढेकाले यस्ता प्रककृतिका पाइपको माग पनि बढिरहेको किसान व्राण्डका अप्ररेशन म्यानेजर सविन क्षेत्रीले बताए । 

वजारमा पाईने विभिन्न कम्पनीका व्राण्डहरुको गुणस्तर र मुल्य फरक फरक रहेको छ । तर पनि ती सामाग्रीहरुको माग वढेसँगै कारोवार पनि वढिरहेको  मंगलम व्राण्डका सुप मध्य पश्चिम क्षेत्रका मार्केटिङ म्यानेजर विनोद भण्डारीले जानकारी दिए । 

धनगढीमा भईरहेको निर्माण तथा हार्डवेयर प्रदर्शनीमा विभिन्न कम्पनी र व्राण्डका सेनेटरी पिभिसी र युपिभिसी पाईपहरु राखिएका छन् । आफ्ना उत्पादन गुणस्तरीय र दिगो भएको नेपाल टप व्राण्डका सुप मध्य मार्केटिङ म्यानेजर सन्दिप मल्लले वताए ।

यस्ता उत्पादनहरु विदेशी प्रविधि अनुसार उत्पादन हुँदै आएका छन् । घरायसी र व्यवसायिक भवनहरुमा पनि यस्ता सामाग्रीहरु प्रयोग हुँदै आएका छन् । ईन्टरटेक पाईप एण्ड फिटिङले उत्पादन गर्दै आएका आईटिपीएफ व्राण्डका पाईपको वजार हेरिरहेका प्रेम सुनारले वताए । 

कमेन्ट लोड गर्नुस