कैलाली र कञ्चनपुरका बैंकहरुले दिउँसो १ बजेसम्म मात्रै सेवा दिने
धनगढी: कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएपछि दुवै जिल्लाका बैंकहरुले तोकिएको समयमा मात्रै सेवा दिने भएका छन्।
नेपाल बैंकर्स संघ सुदूरपश्चिमले गरेको निर्णय अनुसार दुवै जिल्लाका ग्राहकरुलाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिइने भएको हो।
बुधबार बैंकर्स संघका संयोजक बिरुराम जैशीले सूचना जारी गर्दै सबै बैंकहरुलाई उक्त समयमा मात्रै सेवा दिन अनुरोध गरेका हुन।