सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमी त धेरै बदमास रहेछौ कोरोना

२०७८ वैशाख १५, ०४:२३ खबर संवाददाता

आफ्नो श्रीमान् बित्दा अन्तिम पल्ट पनि
अङ्गालो मारेर रुन दिँदैनौ,
घरमा बुवा कुरेर बसेका छोराछोरीलाई 
बुवाको उपचारमा गएकी आमा छुन दिँदैनौ।

कहीँ भर्खर जन्मेको शिशुलाई 
बिगौते दूध खान दिँदैनौ,
त कहीँ अन्तिम पल्ट 
अनुहाए हेर्न समेत दिँदैनौ।

ती आमा के जवाफ देलिन्
जसले आफ्नो लालाबालालाई
भाईबैनि मिलेर बस्नु है, बुवाको औषधि गरेर फर्कँदा 
मिठाई ल्याइदिम्ला भनेकी हुन्छिन्।

ती बुवा जो बुढेसकालको साहारा 
आफ्नो छोरालाई भेटेर 
सहानुभुती दिन आउनुभएको थियो 
आफ्नो छोरा छटपटाएको कसरी हेर्न सक्नु होला ?

तिमी त सुटुक्क ज्यानमा प्रवेश गर्छौ
ज्यानलाइ पीडा दिन्छौ।
कति ज्यान तिमी सँग जितेर जान्छन्
भने कतिलाई तिमी पछाडेर जान्छौ।

तिमीलाई के ज्ञात कि तिमीबाट  
ज्यान गुमाउनेहरुलाई यहाँ कुन नजरले हेर्छन्।
लास छुन हुन्न ठिक छ,
तर यहाँ तिम्रो कारण मरेकोलाई जलाउने 
दाउरा खोज्न समेत कति गाह्रो हुन्छ।

-काश्मिरा साउद

कमेन्ट लोड गर्नुस