सुदूर नेपाललाई विश्वसँग जोड्दै

निःशुल्क अक्सिजन बैंक स्थापना

File Photo
File Photo
२०७८ वैशाख १५, ०६:०८ खबर संवाददाता

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ। वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो।

कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ। अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले सहयोग गरेको छ।

अक्सिजनको अभावमा कुनैपनि नगरबासीले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले निशुल्क रुपमा अक्सिजन वितरण गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले बताए। वीरगञ्जका अस्पतालहरुमा उपचाररत संक्रमितलाई अक्सिजनको अभाव हुने अवस्था आएमा महानगरपालिकाले निशुल्क उपलब्ध गराउने उनले बताए।

अक्सिजन, अक्सिजनका लागि आवश्यक किट लायन्स क्लबहरुले निशुल्क रुपमा उपलब्ध गराउने लायन्स क्लब अफ वीरगञ्ज जोन चेयर पर्सन वीरगञ्जका संयोजक अनुप अग्रवालले बताए।

अक्सिजन प्रयोग पछि सिलिण्डर भने अक्सिजन बैंकमा फिर्ता गर्नुपर्नेछ। वीरगञ्ज महानगरपालिकालाई रिफिलिङको चार्ज मात्रै लिने गरि वीरगञ्ज हेल्थ केयर हस्पिटलले १ सय ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो।

यसअघि ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निशुल्क अक्सिजन सेवा सुरु गरिसकेको छ। केन्द्रबाट ४ दिन भित्रमा ३० वटा सिलिण्डर वितरण भइसकेको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए।

कमेन्ट लोड गर्नुस