सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माण तथा हार्डवेयर प्रदर्शनी सुरु (भिडियो सहित)

२०७५ असोज २४, ०४:५७

सुदुरपश्चिम प्रदेशमै पहिलो पटक निर्माण तथा हार्डवेयर प्रदर्शनी आजदेखि धनगढीमा सुरु भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा भएको प्रदर्शनी चार दिनसम्म चल्नेछ। प्रदर्शनीको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। 

असोज २७ गतेसम्म धनगढीमा ओम प्यालेसमा चल्ने प्रदर्शनीमा नेपाल र भारतका विभिन्न कम्पनीहरुका ६० वटा स्टल रहेका छन्। भवन निर्माणसँग सम्वन्धित सुचना र जानकारी दिनुका साथै घर तथा भवन निर्माणका सवै सामाग्री एकै थलोमा राखेर प्रदर्शनी गरिएको छ ।

वजारमा रहेका विभिन्न व्राण्डहरुको वारेमा जानकारी लिन सकिने प्रदर्शनीमा प्रवेश निशुल्क रहेको कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस