सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाङमा ९ दिन लकडाउन घोषणा

२०७८ वैशाख १४, ०६:२९ खबर संवाददाता

दाङ: दाङमा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ। कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले  वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। 

१७ गते बिहान ६ बजेदेखि सुरु हुने जिल्लाव्यापी लकडाउन २५ गते बेलुका ६ बजेसम्म कायम रहने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घराज पौडेलले जानकारी दिए। अत्यावश्यक वस्तुका लागि बिहान ७ देखि ८ बजेसम्म मात्र पसल खोलिने उनले बताए।

राजमार्गमा लामो दूरीका सवारी साधन सञ्चालन हुने भए जिल्लाभरका अन्य सबै सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ। 
 

कमेन्ट लोड गर्नुस