सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना अस्पतालका डाक्टर र नर्स काम छाडेर आन्दोलनमा

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख १३, ०६:१० खबर संवाददाता

विराटनगरः विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन्।

सरकारले तोकेको न्यूनतम सुविधा नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।  कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै सङ्क्रमितको उपचारमा खटिरहेका डाक्टर र नर्सले न्यूनतम सुविधा नपाएको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएको बताएका छन्। 

१८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना सङ्क्रमित उपचाररत छन्। उपचार केन्द्रमा ६ जना नर्स, ३ जना परामेडिक्स र पाँचजना डाक्टर कार्यरत रहेको बताइएको छ। 

काममा फर्कनका लागि उनीहरुले सरकारले तोकेको न्यूनतम सुविधा पाउनुपर्ने माग राखेका छन्। सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त पाएका डाक्टर नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको बताइउको छ। 

कोरोना सङ्क्रमण घटेपछि एक महिना विदा बसेका उनीहरुले पून नियुक्ति पाएपछि काममा फर्किएका थिए। तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको बताइएको छ। 

कोभिडको पहिलो लहरमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले होटल स्टनस्टारमा क्वारेन्टाइन बनाएको थियो।

कमेन्ट लोड गर्नुस