सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

२०७८ वैशाख १३, ०७:३९ खबर संवाददाता

धनगढी : कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उक्त दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ। १२ जना सवार रहेको उक्त जिपमा ११ जना घाइते रहेको बताइएको छ। अहिले उद्धार भइरहेको छ। थप विवरण आउन बांकि छ।

कमेन्ट लोड गर्नुस