सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिजी ब्राण्डको सप

२०७५ असोज २४, ०१:३२ कमल सावद

धनगढीमा सिजी ब्राण्डको सप उद्धघाटन गरिएको छ। सिजी ब्राण्डका विद्युतीय उपकरण बिक्री वितरणका लागि न्यू मनिषा ईलेक्ट्रोनिक्स सञ्चालनमा आएको हो। न्यू मनिषा ईलेक्ट्रोनिक्सको आज धनगढी उप–महानगपालिकाकी उप–मेयर सुशिला मिश्र भट्टले उद्घाटन गरिन्। चौधरी ग्रुपले उत्पादन गरेका ईलेक्टोनिक्सका सामानहरु बिक्री वितरणका लागि न्यू मनिषा ईलेक्टोनिक्स सञ्चालनमा आएको कार्यकारी निर्देशक यज्ञराज ओझाले बताए। उनले चौधरी ग्रुपले उत्पादन गरेका सबै ईलेक्टोनिक्स सामानहरु बिक्रीका लागि स्वरुम खोलेको बताए। सिजी ब्राण्ड सपबाट फ्रिज, टिभी, गिजर, वासिङ मेसिन, पंखा, कुलर लगायतका घरायसी तथा विद्युतीय सामानहरु पाईने ओझाले बताए।
कार्यक्रममा चौधरी ग्रपका प्रतिनिधि शिवलाल खनालले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरे। उनले सुदूरपश्चिम प्रदेशमा धनगढीको न्यु मनिषा ईलेक्टोनिक्स आधिकारीक बिक्रेता रहेको बताए। उनले सिजी ब्राण्डका ईलेक्टोनिक्स सामान मर्मतका लागी धनगढीमा प्राविधिक समेत उपलव्ध रहेका जानकारी दिए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस