बाजुरामा चितुवाको छालासहित २ जना पक्राउ
२०७८ वैशाख १२, ११:४३
धनगढी: बाजुरामा चितुवाको छालासहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका -९ का मानसिहं थापा र तुला शार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
शनिबार उनीहरुको साथबाट चितुवाको दाँत, छाला र हड्डी बरामद गरिएको प्रहरीले बताएको छ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए।
कमेन्ट लोड गर्नुस