आईपीएल : कोलकातालाई हराउँदै राजस्थान ६ विकेटले विजयी
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ।
कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो।
कोलकाताले पूरै ओभरको खेलमा ९ विकेट बनाएर १३३ रन बनाएपछि राजस्थानले १३४ रनको लक्ष्य पाएको थियो। जवाफमा राजस्थानले ४ विकेटको खेला सकिँदा नै १३४ रन बनाएको हो।
राजस्थानको यो दोस्रो जित हो। कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ।