सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थपिए २६ सय १९ नयाँ संक्रमित

२०७८ वैशाख ११, ०५:४६ खबर संवाददाता

काठमाडौं: नेपालमा गत २४ घन्टामा २६ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ८ हजार ६ सय ६८ कोरोना परीक्षण गरिएको छ। 

जसमा ७ हजार ५ सय २५ आरटी पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ८६ र १ हजार १ सय ४३ एन्टीजेन परीक्षण गर्दा १ सय ३३ जना गरी जम्मा २ हजार ६ सय १९ जनामा कोरोना पोजेटि देखिएको छ। 

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।  हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये १ लाख ५ हजार ३ सय ४८ महिला र १ लाख ९१ हजार ७ सय ३९ जना पुरुष रहेका छन्। 

यस्तै गत २४ घन्टामा थप ३ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । यो दर कुल संक्रमितको ९३ दशमलव ३ प्रतिशत हो। 

हाल नेपालभर रहेको कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ रहेको छ।


 

कमेन्ट लोड गर्नुस