सुदूर नेपाललाई विश्वसँग जोड्दै

कीर्तिमानसहित नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधि

२०७८ वैशाख ११, ०५:०६ खबर संवाददाता

काठमाडौं: कीर्तिमानी जितसहित नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ।

शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको फराकिलो जित निकाल्दै उपाधि उचालेको हो।

२३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७.१ ओभरमा १० विकेट गुमाउँदै ९६ रनमा सीमित भयो। 

नेपालको जितका लागि करण केसीले ३, सन्दीप लामिछानेले २, कमलसिंह ऐरीले २, अभिनाश बोहराले १ विकेट लिए। नेदरल्याण्डको २ विकेट रन आउटको रुपमा गुमेको थियो। 

नेदरल्याण्डका लागि ओपनर सेबास्टीयन ब्राटले सर्वाधिक २६ रन बनाए। ओपनर म्याक्स डोडले २० र पिटर सिलरले १३ रन जोडे। त्यसबाहेक अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यान्ड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा याे जित हासिल गरेको हो।

कमेन्ट लोड गर्नुस