सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

२०७८ वैशाख ११, ०३:०४ खबर संवाददाता

धनगढी: बैतडीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ बैतडीलाई शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो।

बैतडीमा १६ देखि २३ महिनासम्मका ३ हजार ५५३ बालबालिकाले पूर्ण खोप पाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश प्रसाद भट्टले बताए। 


 

कमेन्ट लोड गर्नुस