सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका एक किशोरको भारतमा मृत्यु

२०७८ वैशाख ११, ११:५७ खबर संवाददाता

धनगढी: अछामका एक किशोरको भारतमा मृत्यु भएको छ।

जिल्लाको कमलबजार नगरपालिका ८ ढाँकु, पास्तोलीका १६ वर्षीय किशोर मोहन विष्टको शुक्रबार भारतको महाराष्ट्रमा पानीको तलाउमा डुबेर मृत्यु भएको बताइएको छ।

उनको पारिवारिक स्रोतका अनुसार उनी बस्ने कोठा नजिकै रहेको पानीको तलाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

कमेन्ट लोड गर्नुस