सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल : पन्जाबसँग मुम्बई पराजित

२०७८ वैशाख ११, ०७:५२ खबर संवाददाता

चेन्नई: इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ।

पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पञ्जावले उक्त लक्ष्यलाई एक विकेटको क्षतिमा १४ बल अगावै पूरा गरेको हो।

पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए। मायांक अग्रवाल २५ रनमा आउट भए। मुम्बईका राहुल चाहरले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए।

पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ विकेट लिए। दिपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए।

यससँगै पन्जाबले लिगमा दोस्रो जित निकालेको छ। पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ। पन्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ। मुम्बईको यो तेस्रो हार हो। मुम्बईले पनि ५ खेलमा ४ अंक जोडेको छ।

मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ।

कमेन्ट लोड गर्नुस