सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भेन्टिलेटर हुँदाहुँदै पनि चलाउने जनशक्ति नभएर कोरोना संक्रमितले गुमाए ज्यान

२०७८ वैशाख १०, ०९:११ खबर संवाददाता

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार जिल्ला अस्पतालबाट कोहलपुर लैजाने क्रममा मृत्यु भयो। 

भारतको तमिलनाडुबाट चैत २९ गते घर फर्किएका ती व्यक्तिलाई अक्सिजन सपोर्टमा राखेर उपचार गरिँदै आएको थियो। तर अवस्था खराब भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखिएको थियो। 

जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर भएपनि चलाउने जनशक्ति नहुँदा बिरामीलाई कोहलपुर रेफर गरेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले दिनेशखबरलाई बताए। तर कोहलपुर पुग्न नपाउँदै ती संक्रमितले बाटोमै ज्यान गुमाए। 

जिल्ला अस्पतालमा दुई थान भेन्टिलेटर प्रदेश सरकारले पठाएको थियो।  तर चलाउने जनशक्ति नहुँदा ती दुवै भेन्टिलेटर थन्किएका छन्। यतिसम्मकी अस्पतालमा रहेको पीसीआर मशिन चलाउने जनशक्ति समेत नहुँदा पछिल्लो समय त्यहाँ कोरोना परीक्षण हुन सकिरहेको छैन। 

कमेन्ट लोड गर्नुस