सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

२०७८ वैशाख १०, ०७:४० खबर संवाददाता

डडेल्धुराः डडेल्धुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ।

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कोरोना भाइरसको त्रासका बीच डडेल्धुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो।

जिल्लाका ७ वटै स्थानीय तह अमरगढी र परशुराम नगरपालिका, अजयमेरु, भागेश्वर, नवदुर्गा, आलिताल र गन्यापधुरा गाउँपालिकालाई यस अगाडी नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि बिहीबार जिल्लालाई नै घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले बताएको छ। 

कमेन्ट लोड गर्नुस