सुदूर नेपाललाई विश्वसँग जोड्दै

पतञ्जलिको अनलाइन ‘योग चौतारी’ लाई १ वर्ष पूरा

२०७८ वैशाख ९, १२:५८ खबर संवाददाता

धनगढी: पतञ्जलीले सञ्चालन गरेको अनलाइन ‘योग चौतारी’लाई १ वर्ष पूरा भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण भेला भएर योग गर्न नसकिने भएपछि गतवर्ष वैशाख ९ गतेदेखि अनलाइन ‘योग चौतारी’ सुरु गरिएको थियो।

योग चौतारीले बिहीबार भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाएको छ। योगले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकाले सामूहिक अभ्यासलाई निरन्तरता दिन जूमको माध्यमबाट योग चौतारी सञ्चालन गरिएको बताइएको छ।

पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य लवराज भट्ट योग चौतारी कार्यक्रमका संयोजक रहेका छन्। कञ्चनपुरको महेन्द्रनगरका स्थानीय भट्टले घरबाटै कार्यक्रम सञ्चालन गरिरहेका छन्। 

कमेन्ट लोड गर्नुस