सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्त कमैया शिविरमा निशुल्क स्वास्थ्य परिक्षण

२०७५ असोज २३, ०१:२६

धनगढीका मुक्त कमैया शिविरमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। धनगढी लेडी जेसिजको आयोजनामा जारी जेसिज सप्ताह अन्तरगत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। धनगढी लेडी जेसिजकी अध्यक्ष दिप्ती शाहीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ र १२ को मुक्त कमैया शिविरमा स्वास्थ्य शिविर भएको हो। स्वास्थ्य शिविरमा झण्डै २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस