सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक जनाको शव फेला

। फोटो स्रोत ।
२०७८ वैशाख ८, ०९:५२ खबर संवाददाता

बझाङः बझाङमा एक जना पुरुषको शव फेला परेको छ। 

उक्त शव बुङगल नगरपालिका १० दाउत घर भएका डम्बर बागको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताएका छन्।

शव कालंगा हाइड्रो पावर स्टेसन नजिक कालंगा नदीको बीचमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

 

कमेन्ट लोड गर्नुस