सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी वर्षाले जितिन युरोपमा कास्य पदक

२०७८ वैशाख ८, ०६:२२ खबर संवाददाता

धनगढीः युरोपको माल्टामा भएको ए क्लास काता अनलाइन च्याम्पियनसिपमा धनगढीकी बर्षा सावदले कास्य पदक जितेकी छिन् । धनगढीकी बर्षा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो स्थान पाउन सफल भएकी हुन् । 

२५ ओटा देश सहभागिता रहेको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धनगढी कराते एकेडेमीकी खेलाडी बर्षा साउदले तेस्रो कांस्य पदक दिलाएकी हुन् । 

बर्षाले यस अघि पनि अनलाईन कातामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको धनगढी कराते एकेडेमीका प्रशिक्षक ललित खत्रीले बताए।  

 

कमेन्ट लोड गर्नुस