बैतडीको सिगास गाउँपालिकाको केन्द्रमा सडक पुग्यो
बैतडीः बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ।
पाटन नगरपालिका ८ को बिपयाकटालदेखि डडेल्धुराको बेलापुर हुँदै सिगास गाउँपालिकाको वडा नम्बर ५ देखि केन्द्रसम्म सडक पुगेको हो।
सिगास गाउँपालिकाका अध्यक्ष हरिसिहं धामीले विभिन्न चुनौतीका बावजुत अवसर खोज्दै पालिकामा सडक पुग्नु एतिहासिक भएको बताए।
गाउँपालिकाका अध्यक्ष धामीले सडक निर्माणमा खटिएका डोजर चालकलाई स्वागत समेत गरेका छन्।
केन्द्रमा सडक पुगेपछि त्यहाँका स्थानीय पनि खुसी भएका छन्।