सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पनि दशैंका लागि नयाँ नोट सटही सुरु

२०७५ असोज २१, ०८:१४

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिममा पनि दशैंका लागि नयाँ नोट सटही सुरु गरेको छ। एक व्यक्तीलाई एक पटक २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले ५, १०, २० , ५० र एक सयका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही सुरु गरेको  हो।

नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख किरन पाण्डीतले पहिलो दिन आईत झण्डै ५ सय जनाको नोट सटही भएको बताए। बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गर्दै आएको उनले बताए। नेपाल राष्ट्र बैंक धनगढीले तीन काउण्टरबाट सर्वसाधारण र एक काउण्टरबाट बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ।
 

कमेन्ट लोड गर्नुस