सुदूर नेपाललाई विश्वसँग जोड्दै

पञ्जाबमाथि दिल्लीको शानदार जित

२०७८ वैशाख ६, ०८:१९ खबर संवाददाता

काठमाडौंः भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत ११औँ खेलमा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ।

पञ्जाबले दिएको एक सय ९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो।

दिल्लीको जितमा शिखर धवनले शानदार ब्याटिङ गरे। उनले ४९ बलमा १३ चौका र दुई छक्कासहित ९२ रनको योगदान दिए।

त्यस्तै, पृथ्वी शाले ३२, मार्कस स्टोइनिसले अविजित २३, ललित यादवले नटआउट १२, कप्तान ऋषभ पन्तले ११ र स्टिभ स्मिथले ९ रन बनाए।

बलिङमा झय रिचडर्सनले दुई, रिली मेरिडीथ र अर्शदीप सिंहले एकएक विकेट लिए।

त्यसअघि मुम्बईस्थिति वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबलेनिर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९५ रन बनायो।

उसका लागि मयंक अग्रवाल र कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे।

अग्रवालले ३६ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाउँदा राहुलले ५१ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६१ रनको योगदान दिए।

यस्तै, दीपक हूडाले अविजित २२, शाहरुख खानले नटआउट १५ र क्रिस गेलले ११ रन बनाए।

बलिङमा लुकमान मेरिवाला, कागिसो रबाडा र क्रिस वोक्सले एक–एक विकेट लिए।

कमेन्ट लोड गर्नुस